Logo

क्यानडालाई हराउँदै सेमिफाइनल प्रवेश गर्ने लक्ष्यमा नेपाल



काठमाडौं, फागुन ९। आईसीसी टि–२० को ग्लोबल छनोट ‘ए’को आफ्नो तेस्रो खेलमा नेपालले आज क्यानडाको सामना गर्दैछ । ओमान अल अमेराट क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे शुरु हुनेछ ।

छनोटको शूरुवाती दुई खेलमा जीत निकालेको नेपाल आजको खेल जित्दै शिर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गर्न चाहन्छ । नेपालले छनोटको पहिलो खेलमा ओमानलाई ३९ रनले हराएको थियो भने दोस्रो खेलमा फिलिपिन्समाथि १ सय ३६ रनको फराकिलो जीत निकालेको थियो ।

हाल नेपाल २ खेलबाट ४ अंक जोड्दै समूह ‘बी’को शिर्ष स्थानमा रहेको छ । समान खेलबाट २ अंक जोडेको क्यानडा दोस्रो स्थानमा छ । क्यानडाले पहिलो खेलमा फिलिपिन्सलाई हराएको थियो भने दोस्रो खेलमा ओमानसँग पराजित भएको थियो ।

आजै हुने समूहको अर्को खेलमा ओमान र फिलिपिन्स भिड्नेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot