Logo

आजदेखि ललितपुरमा कोरोनाविरुद्धको ‘बुस्टर’ डोज



ललितपुर,९ फागुन: ललितपुरमा आजदेखि कोरोनाविरुद्धको बूटर डोज लगाईने भएको छ । ललितपुर महानगरपालिकाले आफ्ना नागरिकलाई आज (सोमबार) देखि कोरोना भाइरसविरुद्ध खोपको बुस्टर डोज दिने भएको हो ।महानगरपालिकाका २९ वटा वडाका नागरिकलाई आज र भोलि बुस्टर डोज खोप लगाइने ललितपुर महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाद्वारा जारी सूचनाअनुसार बुस्टर खोप १८ वर्षभन्दा माथिका दोस्रो मात्रा खोप लगाएको ६ महिना पुगेका व्यक्तिलाई दिइने उल्लेख छ । खोप कार्यक्रम बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने सूचना हुनेछ । खोप लगाउन सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न र अघिल्लोपटक खोप लगाएको कार्ड अनिवार्य लैजान महानगरपालिकाले आग्रह गरेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot