Logo

प्रचण्ड-माधवप्रति लक्षित गर्दै नेता बाँस्कोटाले भने-‘संसदमा टेबल गर्न सहमति दिने पनि उनै, सडकमा कार्यकर्ता उफार्ने नि उनै’



काठमाडौँ, ९ फागुन: नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले एमसीसीको विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दोहोरो चरित्र देखाएको बताउदै आपत्ति जनाएका छन्। उनले आज (सोमबार) बिहान सामाजिक संजाल ट्वीटरमार्फत यस्तो बताएका हुन् ।

उनले एमसीसीको विरोध पनि गर्ने अनि सरकारमा पनि बसिरहेको बताउदै दाहाल र नेपाल प्रति असन्तुष्टि जनाएका छन् । फेरी आफ्नै कार्यकर्तालाई प्रहरी लगाएर चुटाएको आरोप समेत उनले प्रचण्ड–माधवमाथि लगाएका छन् ।

उनले सामाजिक संजाल ट्वीटरमा यस्तो लेखेका छन्,’एमसीसी छाती ठोकेर पास गर्छु भन्दै आएका देउवासँग सत्ता गठबन्धन गर्ने माधव–पुकदा ।संसदमा टेबल गर्न सहमति दिने पनि उनै, सडकमा कार्यकर्ता उफार्ने नि उनै । पुलिस लगाएर चुटाउने नि उनै, दमन भो भन्ने पनि उनै । कम्फरटेवलको अर्थ त बल्ल बुझियो’, ।



प्रतिक्रिया दिनुहोस्