काठमाडौं, ९ फागुन । सत्तारुढ दल नेपाली कांग्रेस बाग्मती प्रदेश कार्यसमितिको दोस्रो बैठक सिन्धुपाल्चोकमा सम्पन्न भएको छ । बैठकले कार्य सम्पादन समिति सदस्यमा ७ जनालाई मनोनीत लगायतका ७ निर्णय गरेको छ ।
आइतबार बैठकले जगदिशनरसिंह केसी, लामा कर्पु तामाङ, कल्पना खड्का, मसिना खड्का, दिर्घमान श्रेष्ठ, बलबहादुर दमाइलाई मनोनित गरेको हो ।
बैठकले एमसीसीको सम्बन्धमा केन्द्रले उठाएको विषयवस्तुलाई समावेश गरी आमजनताले बुझ्ने सरल भाषामा थप विषयवस्तु तयार गरी कम्युनिस्टहरुले छरेको भ्रमलाई चिर्दै लैजाने पनि निर्णय गरेको छ ।
यसैगरी, बैठकले मासिक लेवी प्रदेश कार्यसमितिलाई बुझाउन पत्राचार गर्ने, हेटौडा र काठमाडौंको सम्र्पक कार्यालय नियमित सञ्चालन गर्दै पार्टीको दैनिक राजनीतिक कार्यक्रम सुरु गर्ने लगायतका निर्णय भएको छ ।