Logo

एमसीसी पारित हुनुहुँदैन्, आवश्यक परे सडकमा जान पनि म तयार छु : भीम रावल (भिडिओसहित)



काठमाडौं, ९ फागुन। नेकपा (एमाले) का सांसद तथा पूर्व उपप्रधानमन्त्री डा. भीमबहादुर रावलले आफूमाथि नपढिकन टिप्पणी गरेको भनेर लगाईएको आरोपमा कुनै सत्यता नभएको बताएका छन् । उनले कुनै देशको स्वाधिनता र स्वतन्त्रता ५० करोड डलर वा केही अर्व र खर्बमा बिक्रि हुन्छ ? भन्दै प्रश्न गरेका छन् । उनले आफू एमसीसीलाई बोल्नु भनेको देशको हितमा बोलेको दाबी गरे । उनले एमसीसी सदनबाट पारित हुनुहुँदैन भन्ने आफ्नो तर्क रहेको स्पष्ट पारे । उनले आफू सडकमा जान पनि तयार रहेको सुनाए ।

आफूले संसदमा बोल्दा पार्टीले आपत्ति जनाउनु गलत भएको उनको टिप्पणी छ । उनले कुनै आमाका सन्ताले कुनै रकममा आफ्नो आमालाई बेच्न सक्छ ? भन्दै अर्को पनि प्रश्न गरेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली कांग्रेसका नेताहरुले जानी बुझिकन नेपाललाई ठूला शक्ति राष्ट्रहरुको एउटा सामरिक गठबन्धनतर्फ धकेलिदिएर उनीहरुको चाकरी गरेको पनि सुनाए ।



प्रतिक्रिया दिनुहोस्