Logo

एमसीसीबारे शक्ति केन्द्रहरूका दबाबमा होइन राष्ट्रिय हितमा निर्णय गरौं : बाबुराम भट्टराई



काठमाडौँ, ९ फागुन। जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले एमसीसीबारे संसदले शक्ति केन्द्रहरुका दबाबमा नभइ सत्यतथ्य र राष्ट्रिय हितमा निर्णय गर्न आह्वान गरेका छन्। सामाजिक संजालमार्फत उनले जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने उच्चतम थलो संसदमा एमसीसी प्रस्ताव प्रस्तुत हुनु नेपाली लोकतन्त्र र राष्ट्रिय हितका निम्ति सकारात्मक रहेको उल्लेख गरेका छन् ।

‘जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने उच्चतम थलो संसदमा एमसीसी प्रस्ताव प्रस्तुत हुनु नेपाली लोकतन्त्र र राष्ट्रिय हितका निम्ति सकारात्मक छ’, भट्टराईले भनेका छन्, ‘संसदमा खुला छलफल गरेर लोकतान्त्रिक विधिले यसको निरूपण गरौं ! दलीय-गुटीय आग्रह र शक्तिकेन्द्रहरूका दबाबमा हैन सत्यतथ्य र राष्ट्रिय हितमा निर्णय गरौं !’ भट्टराई एमसीसी पारित गर्नुपर्ने पक्षमा हुनुहुन्छ तर जसपाले आधिकारिक निर्णय भने गरिसकेको छैन ।-File Photo



प्रतिक्रिया दिनुहोस्