Logo

दक्षिण भारतीय सुपरस्टार रामचरण नेपाल आउँदै



एजेन्सी, ९ फागुन। दक्षिण भारतीय चलचित्रका सुपरस्टार रामचरण नेपाल आउने भएका छन् । अभिनेता रामचरणको नयाँ फिल्मको छायांकन नेपालमा हुने भएको छ। फिल्मको छायांकनका लागि फेब्रुअरी २८ मा उनी नेपाल आउन लागेका हुन्।

रामचरणले नेपालमा छायांकन गर्ने फिल्मको नाम सार्वजनिक गरिएको छैन। फिल्मको नेपालमा छायांकनको व्यवस्थापनको जिम्मा लिएको थ्री ह्विल्स प्रालिका अनुसार उक्त फिल्मको छायांकन काठमाडौंसँगै मनाङ र मुस्ताङमा हुनेछ। कम्पनीका अनुसार फिल्मको छायांकन आउँदो अप्रिलबाट सुरु हुनेछ। मौसमका कारण यसअघि नै हुने भनिएको छायांकन केही पछि सरेको बताइएको छ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्