Logo

लालु यादवलाई ‘चारा घोटाला’ प्रकरणमा थप ५ वर्ष जेल र ६० लाख भारु जरिवाना



एजेन्सी, ९ फागुन। राष्ट्रिय जनता दलका प्रमुख तथा बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवलाई थप ५ वर्ष जेल सजाय सुनाइएको छ । झारखण्डस्थित सीबीआईको विशेष अदालतले ‘चारा घोटाला’ प्रकरणमा लालु यादवलाई ५ वर्ष जेल र ६० लाख भारु जरिवाना पनि सुनाएको हो ।

झारखण्डसँग सम्बन्धित दाना र पशुपालन घोटालाको यो पाचौं प्रकरण थियो । फेब्रुअरी १५ मै अदालतले लालुलाई दोषी ठहराएको थियो । सन् २०१३ मा लालुलाई भ्रष्टाचार आरोपमा अदालतले ५ वर्ष जेल सजाय सुनाएको थियो । त्यस्तै सन् २०१७ मा उनलाई अर्को प्रकरणमा दोषी ठहर गर्दै अदालतले साढे ३ वर्ष जेल सजाय सुनाएको थियो ।

त्यस्तै सन् २०१८ को जनवरीमा उनलाई अर्को घटनामा ५ वर्ष जेल सजाय तोकिएको थियो । त्यस्तै दुम्का घोटालामा १४ वर्ष जेल र ६० लाख जरिवाना सुनाइएको थियो ।पछिल्लो समय स्वास्थ्य अवस्थाका कारण उनलाई जमानतमा छाडिएको छ । सन् २०१७ मा सजाय सुनाइएपछि लालुले ८ महिना जेल र ३१ महिना अस्पतालमा बिताएका छन् । उनी लामो समय राँचीस्थित राजेन्द्र इन्स्टिच्युट अफ मेडिकल साइन्स(रिम्स) र दिल्लीस्थित एम्समा उपचारका लागि भन्दै बसेका थिए ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot