काठमाडौं, १० फागुन । नेपाल इन्भेष्टमेन्ट बैंकले १२.६१ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ ।
बैंकले गत मंसिर ५ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो । मंसिर ५ पछि डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको बैंकले जानकारी दिएको छ । तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ ।
अनिमात्र बोनस जम्मा गरिने बैंकले बताएको छ । इन्भेष्टमेन्टको गत मंसिर १७ गते सम्पन्न सभाले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट १२.६१ बोनस सेयर र ३३९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । बैंकले यसअघि नै नगद लाभांश भने खातामा पठाइसकेको छ ।