Logo

नेपाल बैंकका कर्मचारी र ग्राहकले बीएण्डबी हस्पिटलमा विशेष छुट पाउने



काठमाडौं, १० फागुन । नेपाल बैंक लिमिटेडका कर्मचारी र ग्राहकहरूले अब बीएण्डबी हस्पिटलमा विशेष छुट पाउने भएका छन् ।

आफ्ना कर्मचारी र ग्राहकहरुले उपचार गर्दा लाग्ने शुल्कमा विषेश छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको नेपाल बैंकले जनाएको छ ।

सम्झौता पछि नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीलाई अस्पतालका विविध सेवाहरूमा लाग्ने शुल्कमा १५ प्रतिशत छुट र बैंकको डेविट/क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग र क्यूआर कोर्डमार्फत मार्फत भुक्तानी गर्ने ग्राहकहरूलाई अस्पतालको विविध सेवाहरूमा १० प्रतिशत छुट हुने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

सम्झौतापत्रमा बीएण्डबी हस्पिटलका तर्फबाट प्रा.डा. अशोककुमार बाँस्कोटा र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरेका हुन् ।

 



प्रतिक्रिया दिनुहोस्