Logo

जेब्रा झोलामा भेटिएको शवको पहिचान खुल्यो, मृतक झापाका दिनेश सिग्देल



काठमाडौं, १० फागुन । धरानको जंगलमा विभत्स हत्या गरिएको अवस्थामा जेब्रा झोलामा फेला परेको शवको पहिचान खुलेको छ ।
शव झापाको दमक नगरपालिका–५ का दिनेश सिग्देलको भएको  प्रहरीले जनाएको छ ।

४३ वर्षीय सिग्देल बहराइनबाट २० पुसमा नेपाल फर्किएका थिए । प्रहरीको अनुसार विदेशबाट आएर उनी सिधै कान्छी श्रीमती बस्ने स्थान सिधै विराटनगर गएका हुन् । पारिवारिक कारण सिग्देलको हत्या भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

केही समयअघि धरानको जंगलमा एउटा जेब्रामा टाउको र अर्को जेब्रा झोलामा शरीर फेला परेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot