Logo

ओलीलाई विश्व स्काउट एसिया प्रशान्त क्षेत्रको उच्च पदक ‘मेधावी योगदान’ प्रदान



काठमाडौँ, १० फागुन: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई विश्व स्काउट एसिया प्रशान्त क्षेत्रको उच्च पदक ‘मेधावी योगदान’ प्रदान गरिएको छ । हिजो सम्पन्न विश्व स्काउट एसिया प्रशान्त क्षेत्रीय सम्मेलनमा तत्कालीन प्रधानमन्त्री एवं नेपाल स्काउटका संरक्षक ओलीलाई नेपाल स्काउटको अभियान विकास, विस्तार र प्रवर्द्धनमार्फत बालबालिका तथा युवाहरुको सर्वपक्षीय विकासमा पुर्‍याएको योगदानको कदर गर्दै उक्त पदक प्रदान गरिएको हो ।

अध्यक्ष ओली यो पदक प्राप्त गर्ने पहिलो नेपाली भएको नेपाल स्काउट राष्ट्रिय समितिका संयोजक लोकबहादुर भण्डारीले जानकारी दिए । ओलीले प्रधानमन्त्री हुँदा नेपाल स्काउट र यसका गतिविधिलाई विशेष चासो दिइ सरकारका तर्फबाट स्काउट अभियानलाई देशैभरी विस्तार गर्न नीतिगत तथा आर्थिक सहयोग गराएका थिए । तत्कालीन प्रधानमन्त्री ओलीले विभिन्न स्काउट कार्यक्रममा सहभागिता जनाउनाका साथै ‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रम शुरु गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot