Logo

रूक्माङ्गद कटवाल भन्छन् : नेपालमा चुनाव जित्न प्रशस्त पैसा चाहिन्छ, जुन मसँग छैन् (भिडिओसहित)



काठमाडौं, १० फागुन। पूर्व प्रधानसेनापति रूक्माङ्गद कटवालले नेपालका कम्युनिष्टहरु न डमोक्रेटिक छन् न डिक्टेटोरियल छन् भन्ने टिप्पणी गरेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले नेपालका कम्युनिष्टहरुको जता मल्छु उतै ढल्खुको अवस्थामा रहेको पनि बताए ।

उनले नेपालका कम्युनिष्टहरुले राष्ट्रिय चरित्र खडा गर्न नसकेको पनि बताए । उनले भने,‘उनीहरुले अमेरिकीहरुसँग भेटे भने हामी त डेमोक्रेसी मान्छौं, स्वतन्त्रताको पक्षमा छौं भन्छन् । यता, कम्युनिष्टहरुसँग भेटे भने हामीपनि कम्युनिष्ट, हामी त फलानोवादी उ वादी भन्छन् । यिनीहरु त व्यक्तिगत स्वार्थमा चलेको देखिन्छ ।’ उनले आफू राजनीतिमा आउन ईच्छुक नभएको पनि स्पष्ट पारे ।

पत्रकार धमलाले ‘तपाईँ राजनीतिमा आउने सम्भावना छ कि छैन् ? भनेर सोधेको प्रश्नमा कटवालले भने–‘मैले पहिले पनि भनेको छु, म राजनीति गर्दिन् । तर राजनीति बुझ्नुपर्छ । राजनीतिमा हाम फाल्नको लागि नेपालको सन्दर्भमा धेरै कुरा चाहिन्छन् । त्यो खुबी हुनुपर्छ, त्यो मसँग छैन् । तपाईँ झुठो बोल्नमा माहिर हुनुपर्छ । झुट बोल्नमा तपाईँ नारदभन्दा पनि बढि हुनुपर्छ । चुनाव जित्नको लागि प्रशस्त पैसा चाहिन्छ, जुन मसँग छैन् ।’



प्रतिक्रिया दिनुहोस्