Logo

मस्कोको नयाँ ‘आदेश’ र ‘कारवाही’ को प्रतिक्रियास्वरूप अमेरिकाले रुसमाथि नयाँ प्रतिबन्ध लगाउने



एजेन्सी, १० फागुन। अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाउन भएको छ । रुसले युक्रेनका दुई श्रेत्रलाई स्वतन्त्र क्षेत्र घोषणा गरी उक्त क्षेत्रमा आफ्ना सैनिक पठाएपछि संयुक्त राष्ट्र संघको सुरक्षा परिपद्‍को आपतकालीन बैठक चल्दै छ।

उक्त बैठकमा अमेरिकाले रुसमाथि आज (मंगलबार) नै प्रतिबन्ध गर्न सक्ने संकेत दिएको छ। नयाँ प्रतिबन्धहरूको घोषणा मंगलबार नै गर्ने ह्वाइटहाउसले जनाएको बीबीसीमा खबर छ। ह्वाइट हाउसका अनुसार मस्कोको नयाँ ‘आदेश’ र ‘कारवाही’ को प्रतिक्रियास्वरूप अमेरिकाले रुसमाथि नयाँ प्रतिबन्ध लगाउने योजना बनाएको छ, जुन मंगलबार घोषणा गरिने छ।

‘हामी ती प्रतिबन्धहरूमा हाम्रा सहयोगी र साझेदारहरूसँग सम्पर्क र वार्तामा छौं’, ह्वाइट हाउसका प्रवक्ताले भनेको विषयलाई उदृत गर्दै बीबीसील लेखेको छ । यी प्रतिबन्धहरू आर्थिक हुन सक्ने अपेक्षा गरिएको छ।-बीबीसी/Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot