Logo

बुटवल पावर कम्पनीको नगद लाभांश सेयरधनीको खातामा जम्मा, नपाएकाहरुले के गर्ने ?



काठमाडौं, १० फागुन । बुटवल पावर कम्पनीले १० प्रतिशत नगद लाभांश सेयरधनीको बैंक खातामा पठाएको बताएको छ ।

कम्पनीले माघ २७ गतेदेखिनै नगद लाभांश खातामा पठाउन सुरु गरेको थियो । बुटवल पावर कम्पनीको गत पुस २६ गते साधारण सभा सम्पन्न भएको थियो । तर, अहिलेसम्म डिम्याट खाता नखोलेका र बैंक खाता अद्यावधिक नगराएका सेयरधनीले खाता खोलेर अद्यावधिक गराएपछि मात्र नगद लाभांश पाउनेछन् ।

उक्त साधारण सभाले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । बोनस सेयर भने केही समयपछि डिम्याट खातामा जम्मा हुने कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्