Logo

हाम्रो योजना त संसदभित्रैबाट एमसीसी असफल बनाउने हो : नारायणकाजी श्रेष्ठ (भिडिओसहित)



काठमाडौं, १० फागुन । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठले आफ्नो पार्टीले एमसीसीको विपक्षमा मतदान गर्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बलजफ्ती गरेको पनि उनको टिप्पणी छ ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले एमसीसीको कारण नेपाली समाज पूरै विभाजित भएको टिप्पणी गरे ।

उनले भने,‘अमेरिकाले त अहिले नेपाललाई धम्की दियो नि, नाकाबन्दी लगाउँछु भन्ने, यो धम्कीको ठाउँमा आईपुगेको छ नि ।’ उनले नेकपा (एमाले) ले एमसीसीको पक्षमा उभिन नहुने तर्क गरे । उनले आफ्नो पार्टीका अध्यक्ष प्रचण्डले पनि एमसीसी नेपालको हितमा नभएकोले स्विकार गर्नुहुन्न भनेको जिकिर गरे ।

उनले अब एमसीसीको विरोधमा सबै देशभक्त सडकमा आउनुपर्ने पनि आग्रह गरे । उनले अहिले आफूहरुको योजना भनेको नै एमसीसीलाई संसदभित्रैबाट असफल बनाउने रहेको सुनाए । तर, यसको साथै सडकबाट आन्दोलन पनि शक्त बनाउँदै लैजाने बताए ।



प्रतिक्रिया दिनुहोस्