काठमाडौं, १० फागुन । नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले भारतीय सेनामा कार्यरत नेपालीको परिवारको कल्याणमा भारतले काम गर्ने बताएका छन् ।भारतको ७४ औं सेना दिवसको अवसरमा मंगलबार काठमाडौंस्थित भारतीय दूतावासले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले गोर्खा सैनिकप्रति कृतज्ञता समेत प्रकट गरे ।
‘भारतीय सेनामा रही गोर्खा सैनिकले गरेको निःस्वार्थ सेवा र बलिदानप्रति कृतज्ञता प्रकट गर्दै वहाँ (क्वात्रा)ले भारतीय सेनाका पेन्सनवाला र नेपालमा रहेका तिनका परिवारको कल्याणका लागि भारतले काम गर्ने प्रतिबद्धता दोहो¥याउनुभयो,’ भारतीय दूतावासद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।
कार्यक्रममा राजदूत क्वात्राले दुई देशलाई भ्रातृवत् सम्बन्धमा जोड्ने भारतीय सेना र नेपाली सेनाबीचको गहिरो ऐतिहासिक साइनोको सम्झना गरेका थिए । दूतावासले मंगलबार आयोजना गरेको कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्मा प्रमुख अतिथिका रुपमा रहेका थिए ।