Logo

‘ए’ डिभिजन लिगः पुुलिस र एपीएफ बराबरीमा रोकिए



काठमाडौं, १० फागुन । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लब बराबरीमा रोकिएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको पहिलो खेलमा पुलिस र एपीएफ १–१ गोलको बराबरीमा रोकिदै अंक बाढ्न बाध्य भएका हुन् ।

खेलको पहिलो मिनेटमै पुलिसका सुमन लामाले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ४१औं मिनेटमा प्रदिप लामाले गोल गर्दै एपीएफलाई १–१ गोलको बराबरीमा ल्याउँदै हारबाट जोगाए ।

यस बराबरीसँगै पुलिसले १२ खेलमा १२ अंक जोडेको छ भने एपीएफले १२ खेलमा १५ अंक जोडेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot