Logo

भारतले पाकिस्तानको मार्गबाट अफगानिस्तानका लागि ५० हजार मेट्रिक टन गहुँ पठाउँदै



एजेन्सी, १० फागुन । भारतले अफगानिस्तानलाई ५० हजार मेट्रिक टन गहुँ पठाउने भएको छ । ट्रकहरुमा भरिएका गहुँ तयारी अवस्थामा राखिएका छन् । ती ट्रकहरु पाकिस्तानको बाटोबाट जाने बताइएको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार ५० हजार मेट्रिक टन गहुँ लोड गरिएको ट्रकहरुमा भारतका विदेश सचिव हर्षवद्र्धन श्रृंगलाले झण्डोत्तोलन गरेका छन् ।

अफगानिस्तानमा मानवीय संकटका कारण दक्षिण एशियालगायतका देशहरुले खाद्यान्नलगायतका सामाग्री सहयोग पठाइरहेका छन् । भारतले पनि पठाइरहेको छ । तालिवानको शासन रहेको अफगानिस्तान गम्भीर संकटमा परेको छ ।



प्रतिक्रिया दिनुहोस्