Logo

युएईविरुद्ध नेपाललाई पहिलो सफलता, जितेन्द्र मुखियाले लिए पहिलो विकेट



काठमाडौं, १० फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत युएईविरुद्ध नेपालले पहिलो सफलता हात पारेको छ ।

ओमानको अल अमेरात क्रिकेट मैदानमा जारी सेमिफाइनल खेलमा नेपालका लागि जितेन्द्र मुखियाले विकेट लिएका हुन् ।

युएईले दुई ओभरमा एक विकेटको नोक्सानीमा ६ रन बनाएको छ । युएईका चिराग सुरी ४ रनमा पविलियन फर्किए ।

आजको सेमिफाइनलमा युएईलाई हराए नेपाल अपराजित रहँदै सन् २०२२ मा अष्ट्रेलियामा हुने टी–२० विश्वकपमा स्थान बनाउने छ ।



प्रतिक्रिया दिनुहोस्