Logo

युएईसँग पराजित हुँदा नेपाल विश्वकप छनोटबाट बाहिरियो



काठमाडौं, १० फागुन । आज युइएमाथि सेमिफाइनलमा जित हासिल गरेको भए नेपाल ग्लाबेल ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटमा छनोट हुने थियो । यो अवसरबाट नेपाल चुकेको छ ।

युएइसँगको खेलमा नेपाल पराजित भएको छ । पहिले ब्याटिङमा उत्रिएको युएइले ७ विकेटको क्षतिमा १७५ रन बनायो । युएइका सुरुवाती ब्याटसम्यानहरु चम्किदा नेपाललाई धक्का पुग्यो ।

जवाफी ब्याटिङमा उत्रिएको नेपाल १८.४ ओभरमा सबै विकेट गुमाएर १०७ रनमा सिमित भयो । ६८ रनको जित हासिल गरेर युएइ फाइनलमा प्रवेश गर्दै विश्वकपको यात्रा तय गर्न सफल भयो ।

यसअघि समूह ए मा नेपाल विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । युएई समूह बीमा उपविजेता बनेको हो ।

नेपालले समूह चरणमा जस्तै प्रदर्शन गर्न सकेनन् । बलरहरु युइएका सुरुवाती ब्याटसम्यानहरुलाई समयमै आउट गर्न असफल भए ।



प्रतिक्रिया दिनुहोस्