Logo

विश्व नै मिलेपनि प्रचण्डलाई ‘हेग’ लैजान नसक्ने कँडेलको ठोकुवा (भिडिओसहित)



काठमाडौं, १० फागुन । पूर्व ‘बाल लडाकु’ लेनिन बिष्टद्वारा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अमेरिकाले युद्ध अपराधमा हेग लाने टिप्पणी गरेकोमा पब्लिक ईनोभेटर ईञ्जिनियर दीपेन्द्र कँडेलले प्रतिवाद गरेका छन् ।

कंडेलले आफ्नो ट्विटरमा पोस्ट गर्दै प्रचण्डलाई शान्ति प्रक्रियाको नायकको संज्ञा दिएका छन् । उनले प्रचण्डलाई अमेरिकाले मात्रै नभएर विश्व नै मिलेपनि हेग लैजान नसक्ने ठोकुवा गरेका छन् । विष्टको पछिल्लो भनाई समावेश गरेर रिपोर्टर्स नेपाल डटकममा यस्तो समाचार आएपछि कँडेलले यस्तो टिप्पणी गरेका हुन् ।

उनले विष्टको अभिव्यक्तिलाई टपरटुईयाँ कुरा र नबुझी बोलेको कुरा भनेका छन् । उनले प्रचण्डमाथि भएका सबैखाले प्रहारको खुलेर प्रतिवाद पनि गरेका छन् ।

भर्खरमात्र प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले एमसीसीलाई लेखेको पत्र सार्वजनिक भएपछि प्रचण्डमाथि विभिन्न टिकाटिप्पणी भैरहेको छ । एमसीसीका कारण प्रचण्ड झन राष्ट्रवादी प्रमाणित भैरहेको कँडेलको भनाई छ ।

कँडेल प्रचण्ड र डा. बाबुराम भट्टराईको समर्थन गर्दै माओवादी पार्टीमै लागेका व्यक्तिको रुपमा परिचित छन् । २०५६ सालको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा पुल्चोक क्याम्पसमा माओवादीको भातृ संगठन अखिल (क्रान्तिकारी) बाट चुनाव पनि लडेका थिए।

Related News:

पूर्व ‘बाल लडाकु’ लेनिन बिष्टद्वारा प्रचण्डलाई अमेरिकाले युद्ध अपराधमा हेग लाने टिप्पणी



प्रतिक्रिया दिनुहोस्

Screenshot