Logo

निर्वाचनमा खटिने एक लाख बढी कर्मचारीको दुर्घटना बिमा गरिँदै



काठमाडौं, फागुन ११ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा खटिने जनशक्तिको सामुहिक दुर्घटना बिमा गर्ने भएको छ । निर्वाचन आयोगका पदाधिकारीदेखि मत दुर्घटना बिमा गणनामा खटिनेगरी १ लाख १० हजार ७१३ जनाको सामुहिक दुर्घटना बिमा गरिन लागिएको हो । सामूहिक दुर्घटना बिमा २० लाखको रहनेछ ।

आयोगले त्यसका लागि प्रस्ताव आह्वान गरेको छ । बिमा शुल्क र प्रस्तावका आधारमा आयोगले उपयुक्त बिमा कम्पनीमार्फत् बिमा गर्नेछ । ५० प्रतिशतभन्दा बढी स्वेशी स्वामित्व भएका तथा कालोसूचीमा नपरेका कम्पनीलाई १६ फागुनभित्र प्रस्ताव पेस गर्न भनिएको छ ।

.आयोगका अनुसार ९ सय जनाको १०४ दिनको बिमा हुँदैछ । जसमा निर्वाचन आयोगका सबै पदाधिकारी, आयोगको सचिवालयमा कार्यरत कर्मचारी, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयका कर्मचारी (काज, स्थायी र करारसमेत) पर्छन् ।

त्यस्तै, ६ हजार ७७७ जना मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा खटिने कर्मचारीको बिमा हुनेछ । उनीहरूको बिमा भने ७० दिनको मात्र हुनेछ ।

९४ हजार कर्मचारीको १५ दिने बिमा हुनेछ । जसमा मतदान केन्द्रमा खटिने कर्मचारी पर्छन् । मतगणनामा खटिने ९ हजार ३६ कर्मचारीको भने १० दिनको बिमा हुने आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot