Logo

‘लिभिङ टुगेदर’ को व्यवस्थापन



सुदीप अर्याल: करिव २ बर्ष अगाडि, स्नातक अन्तिम बर्षमा अध्यन गर्दै गर्दा, म सङ एक जना महिला क्लाइन्ट सम्पर्क मा आएकी थिइन। सिन्धुपाल्चोक घर भएकी उनलाई, काठमाडौका सम्पन परिवारका केटाले, १-२ बर्स हामी लिभिङ टुगेदरमा बसम म परिवारलाई मनाउछु अनि बिहे गरम ला भन्ने सहमतीमा राखेका रहेछन। उनिहरु बिचको सम्बन्ध विवाह पुर्व बाहिर नल्याउने सहमति मा भाडामा घर लिगेर बसेका थिए रे।
करिव २ बर्ष सङै बसेपछी, केटाकि पहिलो श्रीमतिले आफ्नो श्रीमानको अन्तै सम्बन्ध भएको थाहा पाई उनको डेरामा आएर उनलाई कुटपिट र नानाथरी गाली गरि मेरो श्रीमानको जिन्दगीबाट टाडा हुन आग्रह गरेकी रहिछ्न।
उक्त घटना पश्चात्, केटाले हामी अब टाडा, हुन पर्छ, बोरु तलाई कति पैसा चाइन्छ त्यो भन भन्ने आग्रह गरेका रहेछ्न। उनिहरु लिभिङ टुगेदरमा बस्दा केटिले १ बर्ष को बालिकाको समेत जन्म दिएको अबस्था थियो।
केटि, अविवाहित छु भनी, धोका दिई बालिका समेत जन्म भएकाल केटा माथी उनी कानुनी बाटो अबलम्बन गर्न चाहन्थिन।
उनिहरु बिच शारीरिक सम्पर्क पश्चात् बालिका समेत भएको तर, कानुनले बहुविवाह परिकल्पना नगर्ने हुनाले उनिहरुको सम्बन्धको नाता कायम गर्न सजिलो थिएन! कानुनले शारीरिक सम्पर्क बाट शिशु जन्मेमा बिवाह भएको मान्ने तर केटाको पहिला नै बिवाह भैसकेको अबस्था ( कानुनले बहुविवाह को परिकल्पना नगरेको, अपराध मानेको)।
त्यसबेला स्पष्ट कानुन नपाउदा उनलाई परामर्श दिन मलाई कठिन भयो तर, सिनियर दाजु हरु र काम गर्ने फर्मका बरिस्ठ अधिवक्ता सरको सल्लाह पश्चात् उनलाइ परामर्श दिए।
कानुनमा:
१.घरेलु हिसा, घरेलु हिंसा ( कसुस र सजाय ) ऐन २०६६, लिभिङ टुगेदरको परिकल्पना गरेको पाइन्छ। सो ऐनको दफा २ ख ले सङै बसेको जोडिलाई समेत जनाउछ भनि भनी उल्लेख गरेको अबस्था छ। यस मार्फत शारीरिक, मानसिक तथा योन सम्बन्धि यातना लाई समेट्न सकिन्थियो।
२. मुलुकी देवानी सहिता,२०७४, दफा, ७४ लिभिङ टुगेदरमा बसेको छ र शारीरिक सम्पर्क बाट शिशु जन्मेमा संवत् बिबाह भएको मानिने छ। तर कानुनले बहुविवाहको परिकल्पना नगरेकाले,
बालिका लाई दफा, ७५ अनुसार कानुन बमोजिम हकमा कुनै असर त परेन तर ।
निज आमालाई चाई श्रीमतिको हक प्रदान गरेन।
हामिले, तपाईको छोरिले बुबाको हक पाउने र,तपाईं ले चाहने हो भने कानुनी पाटोमार्फत केटालाई सजाए दिने प्रतिबद्धता गरेता पनि, घरेलु हिसा मा जाने वा कुन तरिकाले जाने भन्ने दोधार मलाई थियो।
पछि महिलाले सर हाम्रो विवाद मिल्यो। मैले पैसा लिएर उस्लाइ छोडे भनेर भनीन,मैले तेस्मा केही बोल्न चाइन ए होर भन्ने बाहेक केही विकल्प म सङ थिएन।
कानुनको अभावमा उनिमाथी अनन्याय पक्कै भएको थियो र पैसाले पुरुषले गल्ती छोपेको देखा कानुन यस्तै रहेछ भन्ने लाग्थियो।
तर,
विवाहपुव केटा केटि सङै बस्ने कुरालाई व्यस्थित गर्न जरुरी छ। हालको कानुनले बिबाहित महिला र पुरुष बिचको सम्बन्धलाई अपराधिकरण नगरी सम्बन्ध बिच्छेद माने जस्तै कसरी हुन्छ विवाहित पुरुषलाई अङ्कुस लाउन जरुरी छ। लिभिङ टुगेदरको सम्बन्धमा पनि अधिकार र सजाएको स्पस्ट व्यबस्था गर्नु पर्ने देखिन्छ।
नत्र हजारै पुरुष कानुनको अभावमा महिला ले मानेको सम्म प्रेम नमानेको भोलि पल्ट बाट बलात्कार केस झेल्नु पर्ने बाध्यता साथै, निर्दोष महिला को जीवन कानुनको अभावमा बर्बाद हुने अबस्था आएको छ।
प्रतिनिधि सभा अन्तर्गतको महिला तथा समाजिक समितिको बैठकमा लिभिङ टुगेदरको विषय ढिलै भएनी उठाइएछ। अब कानुनी रुपमा समेत समेटियोस उक्त कुरालाई!-अर्याल अधिवक्ता हुन्


प्रतिक्रिया दिनुहोस्