Logo

आजदेखि नेष्डो समृद्ध लघुवित्तको आईपीओ विक्रि खुल्ला, सर्वसाधारणको लागि कति ?



काठमाडौं, ११ फागुन । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ लाख २८ हजार रुपैयाँ बराबरको आईपीओ निस्काशन गरेको छ । संस्थाले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता साधारण शेयर आईपीओ लागि आजदेखि विक्रि खुला भएको हो ।

आईपीओमा छिटोमा फागुन १५ गते र ढिलोमा फागुन २५ गतेसम्म लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन ।

कुल आइपीओ मध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्टाइएको छ । सर्वसाधारणले बाँकी ७ लाख ७४ हजार ५६३ कित्ता सेयरका लागि आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्