Logo

शौच गर्न जाँदा बाघको आक्रमणबाट महिलाको मृत्यु



बर्दिया, ११ फागुन । बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । शौच गर्न गएको बेला बाघको आक्रमणबाट बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ सैनवारकी ४१ वर्षीया लिली चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार ती महिलालाई मंगलबार बेलुकी सवा ८ बजेतिर बाहिर निस्केको समयमा बाघले झम्टिएको थियो। उपचार गर्न लैजाने क्रममा लिलीको बाटोमै मृत्यु भएको हो ।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गुलरियामा राखिएको छ। महिला शौच गर्न जंगलतर्फ गएको बेलामा बाघले आक्रमण गरेको स्थानीयहरु बताउँछन् ।

 



प्रतिक्रिया दिनुहोस्