Logo

पाशुपत क्षेत्रमा रहेका पर्खालको शिव-पार्वतीको पेन्टिङ १० वर्ष टिक्ने



काठमाडौं, ११ फागुन :  काठमाडौंको गौशालास्थित पाशुपत क्षेत्रको पर्खालमा शिव–पार्वतीसहित भगवानको पेन्टिङ गर्ने कार्य भइरहेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको निर्देशनमा पाशुपत क्षेत्रको पर्खालमा शिव–पार्वतीसहित भगवानको पेन्टिङ थालिएको हो ।

शिवरात्रिसम्ममा पेन्टिङ सक्नेगरी काम भइरहेको छ ।

यस वर्षको शिवरात्रि यही १७ फागुनमा परेको छ ।

‘वेदर कोट’को प्रयोग गरेर बनाइएको शिव–पार्वतीसहित भगवानको पेन्टिङ १० वर्ष टिक्ने चित्रकारहरूको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्