Logo

कंगनालाई अदालतमा हाजिर हुन आदेश



काठमाडौं, ११ फागुन । बलिउड अभिनेत्री कंगना रनौत समस्यामा परेकी छिन् । उनलाई वैशाख १९ गते भटिण्डा अदालतमा हाजिर हुन भनिएको छ । कंगनाले धरनामा सामेल हुन १००–१०० रुपैयाँ लिने वृद्ध महिलालाई बोलाएकी थिइन् । जसविरुद्ध महिलाले अदालतमा मुद्दा दायर गरेकी थिइन् ।

कंगनाले भटिंडाको बहादुरगढ जण्डिया गाउँकी ८७ वर्षीय महिला किसान महिन्दर कौरको बारेमा ट्वीट गरेकी थिइन् । त्यसपछि महिन्दर कौरले भटिंडा अदालतमा मानहानीको मुद्दा दायर गरेकी थिइन् ।

वृद्ध किसान महिला महिन्दर कौरका वकिल रघवीर सिंह बहनीवालले जनवरी ४, २०२१ मा अदालतमा मुद्दा दायर गरेबम थिए । जसको सुनुवाई करिब १३ महिना चलेको थियो । उनलाई अदालतमा हाजिर हुन आदेश दिएको छ ।

रनौतको केही महिनाअघि पञ्जाबका किसानहरूले यही मुद्दामा चर्को विरोध गरेका थिए । कंगना रनौतले किसान आन्दोलनमा संलग्न एक वृद्ध महिला किसान मोहिन्दर कौरलाई बिल्किस बानोको रूपमा बुझिन् । उनले कंगनाको ट्विटले आफूलाई मानसिक समस्या भएको बताएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot