Logo

एमसीसीबारे माओवादी केन्द्र पूरै नेगेटिभ भएको भए त हाउसमा यो प्रस्ताव टेबुल नै हुँदैन थियो नि : मन्त्री रेग्मी (भिडिओसहित)



काठमाडौं, ११ फागुन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले एमसीसीको विषय राष्ट्रिय विषय भएकोले सर्वसम्मत रुपमा पास गराउनुपर्नेमा जोड दिएकी छिन् । उनले एमसीसी राष्ट्रिय ईस्यु भएकोले यसलाई पारित गराउनको लागि पनि राष्ट्रिय सहमति नै खोजिनुपर्ने बताएका हुन् ।

उनले भनिन्,‘यो एमसीसी राष्ट्रिय सवाल हो नि, यसमा सबै दलले डबल स्ट्याण्डर छोडेर सिंगल स्ट्याण्डरमा आउनुपर्छ । हामी त प्रतिपक्षमा हुँदा पनि एमसीसीको पक्षमा थियौं । अहिले सत्तामा जाँदा पनि एमसीसी पास गर्ने भनेका छौं । हाम्रो डबल स्ट्याण्डर देख्नुभएको छ त ?’ हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्न् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन ।

 



प्रतिक्रिया दिनुहोस्