Logo

टी–२० वरियतामा कुशल र सन्दीपको छलाङ, अभिनास र दिपेन्द्र पनि माथि उक्लिए



काठमाडौं, ११ फागुन । आईसीसीको टी–ट्वान्टी ब्याट्सम्यानको वरीयतामा कुशल भुर्तेल ३९औं स्थानमा पुगेका छन् ।

आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार कुशलको ९ स्थानमाथि उक्लदै ३९औं स्थानमा पुगेका हुन् ।

ओमानमा जारी आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटमा कुशलले फिलिपिन्सविरुद्ध शतक प्रहार गरेका थिए ।

यता दिपेन्द्र सिंह ऐरी पनि ५०औं स्थानमा उक्लिएका छन् । विश्वकप छनोटमा दिपेन्द्रले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

बलिङतर्फ नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने १६ स्थानमाथि उक्लिदै वरीयताको ४३औं स्थानमा आईपुगेका छन् ।

यस्तै, अविनाश बोहराले १२ औं स्थानमाथि उक्लिदै ८६ औं स्थानमा आईपुगेका छन् ।



प्रतिक्रिया दिनुहोस्