Logo

हामी एमसीसीको पक्षमा मत हाल्छौं, प्रधानमन्त्रीले यो गठबन्धन कायम राखेर काम छैन् : केशब झा



काठमाडौं, ११ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका प्रभावशाली युवा नेता केशब झाले आफ्नो पार्टी एमसीसीको पक्षमा सुरुदेखि नै रहेकोले एमसीसीको पक्षमा नै मत हाल्ने स्पष्ट पारेका छन् ।

आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘एमसीसीको बारेमा हामीले आफ्नो धारणा पहिलेदेखि नै सार्वजनिक गरेका छौं । एमसीसीकै पक्षमा मतदात गर्ने भनेर धारणा व्यक्त गरेका छौं । यसमा ईफ र बटको कुरा छैन् । पछिल्लो समय एमसीसीलाई धेरै गिजोल्ने काम भएको छ। देशलाई माया गर्ने व्यक्तिहरु छन्, सबैले आफ्नो धारणा प्रष्ट रुपमा राखेका छन् । अमेरिकाको सेना आउँछ भनेर गलत हल्ला फैलाईएको छ । हावादारी गफ गर्नुहुँदैन् । गलत हल्ला फैलाउनुहुँदैन् । राष्ट्रघाती काम त मुलुकलाई आत्मनिर्भर हुन नदिने अनि मिलीजुली खानेहरुले गरेका छन् ।’

झाले यो एमसीसी राष्ट्रको हितमा रहेको सुनाए । उनले भने,‘यो विकास परियोजना हो । पूर्वाधार क्षेत्रमा विकास हुन्छ। कानून बनेपछि निर्धारित समयमै काम हुन्छ। हामीले एमसीसीको पक्षमा मत हाल्ने भनेका छौं । अहिले गठबन्धनको प्रष्ट बहुमत छ । अहिले गठबन्धनमा गलत प्रवृत्ति पनि देखियो । एमसीसीलाई लिएर सरकारमा हुँदा, हाउसमा एकखालको कुरा गर्ने, अनि सडकमा अर्कै कुरा गर्ने । यदि प्रधानमन्त्रीलाई सहयोग चाहिएको छ भने गठबन्धन तत्काल विसर्जन गर्नुपर्छ । यो गठबन्धन कायम राखेर काम छैन् । नयाँ परिस्थिति निर्माण गर्नुहोस ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot