Logo

स्काउटले भ्रम सृजना गरी चरित्रहत्या गर्ने प्रयास ग¥यो : खड्का ल्याण्ड



काठमाडौँ, ११ फागुन । खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिले नेपाल स्काउटले भ्रम सृजना गरी चरित्रहत्या गर्ने प्रयास गरेको बताएको छ । खड्का ल्याण्ड प्रालिले आज एक विज्ञप्ती जारी गरी मंगलबार नेपाल स्काउटका प्रमुख आयुक्त लोकबहादुर भण्डारी तथा निर्देशक रामप्रसाद भट्टराइले पत्रकार सम्मेलन गरी खड्का ल्याण्डमाथि स्काउटले भ्रम सृजना गरी चरित्रहत्या गर्ने प्रयास गरेको बताएको हो ।

“खड्का ल्याण्डका अध्यक्षको बदनाम गर्ने उदेश्यसहित स्काउटका जिम्मेवार नेतृत्वले लगाएको आरोप बदनियतपूर्ण ढंगबाट आउदा हामी स्तव्ध भएका छौँ,”– खड्का ल्याण्डद्धारा जारी विज्ञप्तीमा भनिएको छ । खड्का ल्याण्डले नेपाल स्काउटमा भएको आक्रमण र तोडफोडप्रति दुःख समेत व्यक्त गरेको छ । खड्का ल्याण्डले घटनामा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ ।

विगतदेखि नै सम्झौता अनुसार काम गर्न नदिई पटक–पटक षड्यन्त्रमूलक ढङ्गबाट व्यवधान पु¥याउने काम गरेको स्काउटको नेतृत्वले आफ्नो व्यक्तिगत स्वार्थका लागि खड्का ल्याण्डले सञ्चालन गर्दै आएको कामप्रति अवरोध पु¥याउँदै आएको हो ।

स्काउट र खड्का ल्याण्डबीच भएको सम्झौता अनुसार खड्का ल्याण्डले दिनुपर्ने भुक्तानी नियमित दिएपनि ठूलो रकम बख्यौता रहेको भन्दै दुष्प्रचार गरिएको खड्का ल्याण्डले जनाएको छ । सम्झौता बमोजिम चार महिना बराबरको बहाल रकम सुरक्षण वापत अग्रीम नेपाल स्काउटको खातामा निर्विव्याजी जम्मा गरिसकिएको सो प्रालिले जनाएको छ ।

स्काउटकै निर्देशनमा सम्झौता बमोजिम खड्का ल्याण्डले निश्चित समयका लागि सञ्चालन गर्न बनाईएका संरचनालाई विना सूचना भत्काउन खोज्ने, भाडामा बस्नेलाई धम्क्याउने, तर्साउने, दुःख दिने, कर्मचारीलाई दुःख दिनेलगायतका काम गर्दै आएको बताइएको छ ।

विस २०७५ पुस १६ को मन्त्रीस्तरिय निर्णयबाट ६ महिनाभित्रमा सम्पन्न गरि निर्वाचित कार्यसमिति लाई जिम्मेवारी हस्तान्तरण गर्ने शर्तमा लोक बहादुर भण्डारी संयोजक रहेको तदर्थ समिति गठन भएको थियो ।

उक्त तदर्थ समितिले सुम्पिएको कार्यदेश त सम्पन्न गर्न सकेननै त्यसका अलावा निरन्तर लामो समय सम्म उक्त पदमा बसि आफ्नो पदिय अधिकारको दुरुपयोग गर्दै नेपाल स्काउट जस्तो पबित्र सामाजिक संस्था लाई कमाई खाने भाँडो बनाई निरन्तर नेपाल स्काउटको सम्पक्तीमा लुट मच्चाउने र भ्रष्टचार गर्ने कार्य गरेको छ ।

उक्त कार्यमा आफूलाई सहज हुने गरी भण्डारीले निर्देशक पदमा रामप्रसाद भट्टराई लाई नियुक्त गरी ल्याएपछि दुबै जनाको मिलेमतोमा नेपाल स्काउटको संम्पक्ती भाडामा लगाउँदा, निर्माण कार्य गर्दा वा नेपाल स्काउटले आयोजना गर्ने गोष्ठी÷सेमिनारमा आवास, भोजन तथा यातायात व्यवस्थापन गर्दा समेत ठूलो मात्रामा अनियमियतता एवम् भ्रष्टाचार गर्ने गर्दै आइरहेका छन् ।

त्यसैगरी भण्डारीले नेपाल स्काउटमा आफुखुशी आफ्ना मान्छे तथा पार्टीका कार्यकर्ताहरु कर्मचारीको रुपमा भर्ती गर्ने र तिनै व्यक्तिलाई प्रयोग गरी गुण्डागर्दी शैलीमा असुली गर्ने र व्यवसायरत व्यवसायीकरुको व्यक्तीगत सम्पत्तिमाथी आक्रमण गर्ने गराउनेजस्ता आपराधिक कार्यहरु समेत गर्दै आएका छन् । निजहरुको यस्तो ज्याजती सहन नसकी धेरै ब्यबसायीहरु नोक्शान सहेर पनि उक्त स्थान छोडेर पलायन हुन बाध्य भएका छन् ।

यस खड्का ल्याण्ड डेभलप्मेन्ट प्रा.लि.ले लिज भोगाधिकारमा बिगत १४ बर्ष देखि लैनचौरमा रहेको नेपाल स्काउटको ब्यबसायीक भवन तथा जग्गा प्रयोग गर्दे रहेको छ । उक्त भवन यस प्रालिले दोस्रो पटक टेण्डर मार्फत लिइ प्रयोय गर्दै हेको र हाल पनि करिव ६ बर्ष समय बाँकी नै छ ।

उक्त स्थानमा समेत रकम माग गर्नेे र दिन अस्वीकार गर्दा बत्ती काट्ने, पानी काट्ने, ब्यबसायीले ब्यबसाय गरीरहेको ठाउँमा तोडफोड गर्ने, तालाबन्दी गर्ने , पार्कीङ्ग नदिने, ढल नदिने , धम्की दिने तथा बिभीन्न ब्यक्तीहरु लगाई रकम माग तथा बार्गेनिङ्ग गर्ने गर्दै आएका छन् । केही समय अघि सम्माननीय प्रधानमन्त्री ज्यूकै सरकारले भण्डारीलाई असक्षम घोषणा गरी बर्खास्त गरेपनि निज आज सम्म पनि दैनिक कार्यालय आउने र कमाउ धन्दामा सक्रिय रहने गरेका छन् । निजको यस्ता हर्कतले सम्माननीय प्रधानमन्त्री ज्यू प्रमुख संरक्षक रहेको नेपाल स्काउट जस्तो पवित्र संस्थाको बदनाम हुँदै गएको र उक्त संस्था लाई ठूलो हानी नोक्शानी समेत भएको छ ।

उनीहरुले आफू र आफ्ना नजिकका मानीस समेतको मिलेमतो र संलग्नतामा ठूला ठूला अनयमीतता गर्दै ÷गराउँदै आएका छन् । अनगीन्ती अनियमीततामा संलग्न रहेपनि कही कतै बाट केही प्रश्न समेत नउठेको र सबै मौन बसेका कारण उक्त मौनताको फाइदा उठाउँदै निजहरुले आफ्नो पदिय मर्यादा समेत भुलेर झन झन यस प्रकारका दुसकार्यहरु गर्न÷गराउन थालेका छन् ।

यसअघि पनि यी व्यक्ति नेपाल स्काउटको कार्यकारी पदमा नियुक्त भएर आउने बित्तीकै भाडा वापत भुक्तान गर्नुपर्ने रकम चेक मार्फत बैँक खातामा भुक्तानी गर्दै गरेको नियमित प्रक्रियालाई रोकेर नगदमा भुक्तानी मागेको तर यस प्रालिले नगदमा भुक्तानी गर्न अस्वीकार गरी बैंक दाखिला गर्न लैँजादा नगदमै भुक्तानी लिने उदेश्यले नेपाल स्काउटको खाता नै फ्रीज गराई भाडा रकम नतिरेको भनी चरित्र हत्या गरेको र अहिले पनि प्रेश मिट मार्फत त्यही अभियान थालेको स्पष्ट देखिन्छ ।

विगतका दिनदेखि नै सुरक्षित व्यवसायिक वातवरण विथोल्ने प्रपञ्चले स्काउटका छवी नै धमिल्याइँदैछ । यस्तै, सामाजिक संस्थालाई राजनीतिक दलको भर्ती केन्द्र बनाउन संयोजक भण्डारी लागिपरेको देख्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्