काठमाडौं, ११ फागुन । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को भातृ संगठन युवा संघले एमसीसी खारेजीको माग गर्दै सांस्कृतिक प्रतिरोध कार्यक्रमको आयोजना गरेको छ ।
आज काठमाडौंको नयाँ बानेश्वरमा एमसीसी देशको हितमा नभएको भन्दै खारेजीको माग गरिएको हो । उक्त अवसरमा नो एमसीसी भन्दै सडक दोहोरी कार्यक्रमको समेत आयोजना गरिएको थियो ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम