Logo

क्यान इन्फोटेक वैशाखको दोस्रो साता



काठमाडौं, फागुन १२ । क्यान इन्फोटेकको २७ औं संस्करण २०७९ साल वैशाख ७ गतेदेखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले सन् १९९५ देखि वर्षेनी आयोजना हुँदै आएको इन्फोटेक कोरोनाका कारण पछिल्लो समय पटक–पटक सर्दै आएको थियो।

२७औं क्यान इन्फोटेकको शीर्ष प्रायोजन आइएमई पे र सह प्रायोजन स्मार्टच्वाइस टेक्नोलोजिज (एससिटी स्मार्ट क्यु आर) रहेका छन्। यसैगरी आइएमई पे क्यान इन्फोटेक २०२२ इन एसोसिएसन विथ एससिटी स्मार्ट क्यु आरको प्लाटिनम प्रायोजन–वर्ल्डलिंक कम्युनिकेसन्स, गोल्ड प्रायोजन–नेपाल टेलिकम, जेनेरेसन नेक्स्ट कम्युनिकेसन्स र सागर ग्रुप अफ कम्पनिज, सिल्भर प्रायोजन–नमस्ते पे, एस–पावर, ब्रोडवे इन्फोसिस नेपाल र डिजिकम रहनेछन्।

सफ्टवारिका कलेज अफ आइटी एन्ड इकमर्स–आइएमई पे क्यान इन्फोटेक २०२२ इन एसोसिएसन विथ एससिटी स्मार्ट क्यु आरको इन्नोभेसन पार्टनर रहेको छ भने सनवे इन्टरनेसनल बिजनेस स्कुल–एकाडेमिक पार्टनर, दराज केमु–इकमर्स पार्टनर, रेबान–फुड एन्ड वेभरेज पार्टनर, मण्डला सिस्टम–भर्चुअल एक्जिविसन पार्टनर तथा अल्ट्रा एलइडी–डिजिटल डिस्प्ले पार्टनर रहेका छन्।

इन्फोटेक भव्य एवं सफल रूपमा सम्पन्न गर्न देशभित्रबाट नेपाल सरकार सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, सुबिसु केबलनेट र भायानेट कम्युनिकेसन्स, नेपाल मोबाइल वितरक संघ तथा अन्तर्राष्ट्रिय रूपमा असोसियो र विट्साको पनि सहयोग रहनेछ।



प्रतिक्रिया दिनुहोस्

Screenshot