Logo

गोकुल बाँस्कोटाको व्यङ्ग्यः फाइनल्ली झाँक्रीले टेप खोली छन्



काठमाडौं, १२ फागुन । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सहरी विकासमन्त्री रामकुमारी झाँक्रीप्रति व्यङ्ग्य गर्दै एमसीसीबारे मुख खोलेकोमा आफूलाई कुरा मन परेको टिप्पणी गरेका छन् । उनले ट्वीट गर्दै झाँक्रीले पहिलोपटक मन पर्ने कुरा गरेको उल्लेख गरेका छन् ।

झाँक्रीले एमसीसीप्रति सकारात्मक बन्दै कि सरकार छाड्नुपर्ने कि सडक छाड्नुपर्ने प्रतिक्रिया दिएकी थिइन् । यसले तरंग नै ल्याएको छ ।

बाँस्कोटाले एमालेमा माधवकुमार नेपाल एमसीसीको पक्षमा जानसक्ने संकेत गर्दै झलनाथ खनाललाई मनाउन भने नसकिने आशय व्यक्त गरेका छन् ।

बाँस्कोटाले ट्वीटरमा लेखेका छन्: र,फाईनल्ली झांक्रीले टेप खोली छन।कुरा पनि पहिलो पल्ट पर्लय नै मन पर्ने गरिछन-कि सरकार कि सडक छोड्नु पर्छ।कुरो बुझ्न पर्छ।ल बधाई छ! झलनाथलाई चै कुलडाउन कस्ले गर्ने हो?



प्रतिक्रिया दिनुहोस्