Logo

आफुलाई फसाउन षड्यन्त्र गरेको भन्दै पल शाहले गरे दुर्गेशसहित ४ जनाको नाम सार्वजनिक



काठमाडौं, १२ फागुन । अभिनेता पल शाहले आफूलाई सुनियोजित र षड्यन्त्रपूर्ण ढङ्गले फसाउन खोजेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत आज शाहले आफू र एक गायिकासँगको सम्बन्धबारेको अडियो बाहिरिएपछि आफूलाई फसाउन खोज्ने व्यक्तिहरु ४ जनाको नाम सार्वजनिक गरेका हुन् ।

तनहुँमा १७ वर्षीया एक गायिकाले बुधबार शाहमाथि बलात्कारको आरोप लगाएर प्रहरीमा उजुरी दिएपछि पलले फेसबुकमा आफूमाथि गम्भीर षड्यन्त्र भएको गुनासो पोखेका छन् ।

दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईंले फसाउन खोजेको जानकारी दिँदै अडियोसहित दिएका छन् । उनले आफू दोषी भएमा कानुन बमोजिम सजाय भोग्न तयार रहेको पनि उल्लेख गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot