Logo

युक्रेनमाथि रुसी हमलालगत्तै पेट्रोलियम पद्धार्थको मूल्य सय डलर नाघ्यो



काठमाडौं, १२ फागुन । रुसले युक्रेनमाथि हमला गरेलगत्तै विश्व बजारमा पेट्रोलियम पद्धार्थको मूल्य ह्वात्तै बढेको छ । कच्चा तेलको मूल्य बढेर प्रति ब्यारल एक सय डलर नाघेको छ ।

किर्तिमान बनाउँदै तेलको मूल्य बढेपछि सँसारभरको अर्थतन्त्रमा ठूलो असर पर्ने भएको छ । अहिलेको ताजा अवस्थामा ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारल १०२ डलर नाघेको छ । प्राकृतिक ग्याँसको मूल्य पनि बढेको छ ।

तेलको मूल्य प्रति ब्यारल एक सय डलर नाघेपछि नेपालको अर्थतन्त्रमा पनि नकारात्मक असर पर्ने देखिएको छ । नेपाली बजारमा अब तेलको मूल्य बढ्न सक्छ । नेपाल आयल निगम अहिले नै प्रत्येक महिना ५ अर्ब घाटामा छ । विदेशी मुद्राको संचिती घटिरहँदा त्यो क्रम बढ्न सक्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot