Logo

युक्रेन भ्रमण स्थगित गर्न परराष्ट्र मन्त्रालयको आग्रह, नेपाली सुरक्षित रहेको दाबी



काठमाडौं, १२ फागुन । परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीहरु सुरक्षित रहेको जनाएको छ । युक्रेनको रुससँग तनाव बढिरहेको छ । युक्रेनमा नेपालीहरु १५० जना रहेका छन् । ती मध्ये ३५ जना युक्रेनमा व्यवसाय गर्दै आएका छन् । अन्य भने विद्यार्थी रहेका छन् ।

मन्त्रालयको अनुसार हालसम्म दुतावासको सम्पर्कमा ३८ जना नेपाली नागरिक रहेको र उनीहरु सुरक्षित रहेका छन् । मन्त्रालयले युक्रेनमा रहेका नेपालीहरुलाई उपलब्ध हवाई उडान मार्फत स्वदेश फर्कन पनि आग्रह गरेको छ ।

नेपालबाट भ्रमण वा बसोबासको लागि नजान पनि आग्रह गरिएको छ । मन्त्रालयले नेपालीहरुले आवश्यक परेमा नेपाली दुतावास, बर्लिन युक्रेनमा सम्र्पक गर्न पनि आग्रह गरेको छ ।

नेपाली राजदूतावास, बर्लिन

तृतीय सचिव श्री सहारा चौँलागाइँ

सम्पर्क नं +491709808063, Email: [email protected]

सहजताका लागि मस्कोस्थित नेपाली राजदूतावासका निम्न पदाधिकारीलाई समेत सम्पर्क गर्न सकिनेछः

श्री शुशिल घिमिरे, कार्यवाहक राजदूत

सम्पर्क नं +79680702815, Email: [email protected]

परराष्‍ट्र मन्त्रालय,
सिंहदरबार, काठमाडौँ।



प्रतिक्रिया दिनुहोस्