काठमाडौं, १२ फागुन । बेस्ट फाइनान्सको २५औं वार्षिक साधारण सभा चैत ४ गते हुने भएको छ ।
सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान १२ः३० बजे शुरु हुने कम्पनीले जनाएको छ ।
सभाको प्रस्तावमा भविष्यमा अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने गाभिने तथा प्राप्ति गर्नु परेमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने रहेको छ । कम्पनीले यस वर्ष शेयरधनीलाई लाभांशको प्रस्ताव भने गरेको छैन ।
सभाको अन्य प्रस्तावमा आर्थिक वर्ष २०७७र७८ को वार्षिक वित्तीय विवरण, नाफा–नोक्सान हिसाब लगायतलाई पारित गर्ने रहेको छ ।
साधारण सभा प्रयोजनका लागि फागुन २० गते बुक क्लोज गर्ने तयारी कम्पनीको छ ।