Logo

एमसीसीलाई लिएर परराष्ट्रमन्त्री खड्काको रहस्यमय मौनता



काठमाडौं, १२ फागुन । सरकारले एमसीसी प्रतिनिधिसभामा पेश गरिसकेको छ । सरकारको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फागुन ८ गतेको बैठकमा एमसीसी पेश गरेका हुन् । उक्त प्रस्ताव दर्ता गर्दै गर्दाको अवस्थामा भने संसद्मा फरक दृश्य देखिएको थियो ।

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) का सांसदहरुले विरोधमा नाराबाजी गरेका थिए । यता, एमसीसीलाई लिएर सरकारका परराष्ट्रमन्त्री डा. नारायण खड्काले भने रहस्मय मौनता साँधेका छन् ।

मन्त्री भएदेखि नै खड्काले एमसीसीको पक्षमा खुलेर अभिव्यक्ति दिएका छैनन् । उनले अमेरिका भ्रमणमा रहेको बेला एक कार्यक्रममा एमसीसी राष्टिय सहमति गरेरमात्रै अघि बढाउनुपर्ने अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी जसरी पनि पास गर्ने अभिव्यक्ति दिईरहेको र सोही अनुसार भूमिका खेलेको बेलामा मन्त्री खड्काले भने आफूलाई मौन राखेका छन् ।

कतिपय मन्त्रीहरुले भने एमसीसीलाई लिएर मन्त्री खड्काले पनि प्रधानमन्त्री देउवालाई सहयोग नगरेको भनेर गुनासो पोख्न थालेका छन् । एमसीसीलाई लिएर अमेरिका र चीनबीच नै टकराव भैरहेको छ । चीनले भने पछिल्लो एक सातामा नै दुई पटक मुख खोलिसकेको छ ।

उसले अमेरिकाको हस्तक्षेपकारी कुटनीतिको प्रतिकार गर्ने चेतावनी पनि दिएको छ । हिजोमात्रै चीनले फेरि एमसीसीलाई लिएर मुख खोलेको छ । उसले सहयोग पनि कहिलेदेखि धम्कीसहित आउन थालेको भनेर प्रश्न गरेको छ । file photo



प्रतिक्रिया दिनुहोस्