Logo

एमसीसीलाई लिएर नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त, प्रहरीद्धारा अश्रु ग्याँस प्रहार (फोटोफिचर)



काठमाडौं, १२ फागुन । एमसीसीलाई लिएर काठमाडौंमा विरोध प्रदर्शन भैरहेका छन् । सरकारले एमसीसी सदनमा पेश गरेसँगै एमसीसीविरोधी आन्दोलन चर्किएको छ। सरकारले काठमाडौंमा सुरक्षा व्यवस्था पनि मजबुद बनाएको छ।

संसद् भवन नयाँ बानेश्वर क्षेत्रमा प्रहरी तैनाथ गरिएको छ । सरकारमा भएकै पार्टीका भातृ संगठनहरु समेत एमसीसीको विरोधमा सडकमा उत्रिएका छन् ।

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का भातृ संगठनहरु एमसीसी खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका छन् । प्रहरीले भने प्रदर्शनमा उत्रिएकाहरुमाथि अश्रु ग्याँस प्रहार गरेको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्