Logo

एमसीसी बारे प्रत्येक सांसदले ५ मिनेट बोल्न पाउने



काठमाडौं, १२ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा बोल्न चाहने सांसदले ५ मिनेट समय पाउने भएका छन् । आज बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

तर आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा सुचना टाँस गरेर स्थगित भएको हो । बैठक भोलि दिउँसो १ बजे बस्नेछ ।

एमसीसी सम्बन्धि छलफलमा भाग लिन चाहाने सांसदलाई ५÷५ मिनेटको समय दिइने भएको हो ।



प्रतिक्रिया दिनुहोस्