Logo

एमसीसीमा कहिल्यैपनि कुरा मिल्दैन्, आवश्यक परे सडक जल्नसमेत सक्छ : झलनाथ खनाल (भिडिओसहित)



काठमाडौं, १२ फागुन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रको हितमा एकतावद्ध भएर जाने बताएका छन् । उनले अहिलेको पाँच दलीय गठबन्धन एमसीसीकै कारण भत्किने पनि संकेत गरेका छन् । संसद् भवनमा मिडियासँग कुरा गर्दै नेता खनालले यस्तो बताएका हुन् । उनले भने,‘अब गठबन्धन भनेको बन्छन्, बिग्रन्छन्, फेरि बन्छन्, फेरि पनि बिग्रन्छन् । यो त अस्थायी घट्नाक्रम हो । तर, यो देशर जनताको हितलाई कहिल्यै पनि छोडिँदैन् । त्यसमा हामी दृढतापूर्वक उभिन्छौं ।’

एमसीसीमा कुरा कहिल्यैपनि नमिल्ने उनको भनाई छ । उनले भने,‘एमसीसीमा कुरा मिल्ने तपाईँहरुले आशै नगर्नुहोस, यसमा मिल्दैन् । एकथरी एउटा महाशक्तिको पछाडि लागेका छन् । अर्कोतिर यो देशको स्वतन्त्रता र सार्वभौमत्ताको पक्षमा लागेका छन् । यी दुवै कुरा कहिल्यै मिल्दा पनि मिल्दैन् ।’ खनालले अहिले सडकमा भएको आन्दोलन आवश्यकत्ताअनुसार तातेको सुनाए । र, आवश्यक पर सडक जल्नेसमेत चेतावनी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot