Logo

एसिया कप छनोटको ड्र सार्वजनिक, समूह ‘ए’ मा पर्यो नेपाल



काठमाडौँ, १२ फागुन । एसिया कप छनोटका लागि आज भएको ड्र मा नेपाल समूह ‘ए’ मा परेको छ ।

एसियाली फुटबल महासंघले निकालेको ड्र अनुसार नेपालले यस समूहमा जोर्डन, कुवेत र इन्डोनेसियाको सामना गर्ने भएको हो ।

यस छनोट समूहबाट ११ टिमले एसिया कपमा प्रवेश पाउने छन् । अहिलेसम्मको छनोटबाट १३ टिमले एसिया कप खेल्ने निश्चित भइसकेको छ ।

प्रत्येक समूहको विजेता र दोस्रो स्थानमा आउने पाँच टिम एसियाकप पुग्नेछन् । नेपाल सम्मिलित समूहका खेल कुवेतमा जुन ८ देखि १४ सम्म हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot