काठमाडौं, १२ फागुन । नेपाली काँग्रेसका नेता तथा सांसद् मीन बहादुर विश्वकर्माले नेकपा माओवादी केन्द्र र नेकपा (एस)को हैसियतमाथि प्रश्न उठाएका छन् ।
नेता विश्वकर्माले आज संसद् भवन बाहिर संचारकर्मीहरुसँग कुरा गर्दै उहाँहरुको हैसियत सत्तापक्ष अथवा प्रतिपक्ष के हो ? कित्ता क्लीयर नभएको र नेकपा (एमाले)ले संसद् अवरोध जारी राखेको कारणले छलफलको लागि आजको संसद बैठक स्थगित गर्नपरेको स्पष्ट पारेका थिए ।
साथै, उनले फागुन १६ गतेभित्र जसरी भएपनि संसद्बाट एमसीसी अनुमोदन गरेको सन्देश दातालाई देखाउनुपर्ने बताएका थिए ।