Logo

सानिमा बैंक अब गोरखाको शक्तिचोकमा



गोरखा, १२ फागुन । सानिमा बैंक लिमिटेडले गत फाल्गुन १२ गते गोरखाको शक्तिचोकमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले संयुक्त रुपमा गरेका हुन् ।

उद््घाटन् समारोहमा मह जोडीले गोरखाको शक्तिचोकमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे । त्यसैगरी गोरखा नगरपालिकाका मेयर श्री राजन राज पन्तले सहज रुपमा सबैको पहुँच पुग्ने गरी सेवा प्रदान गर्न सुझाव दिए ।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेद्वारा बंैकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १२३ कार्यालय र १०३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

 

 

 



प्रतिक्रिया दिनुहोस्