Logo

ज्ञानेन्द्र शाही राप्रपा सुशासन विभाग र मोहन श्रेष्ठ प्रचार विभाग प्रमुख



काठमाडौं, १२ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले महत्वपूर्ण विभागहरुको प्रमुख पदमा मनोनयन गर्ने क्रममा ज्ञानेन्द्र शाहीलाई सुशासन विभाग प्रमुखको जिम्मेवारी दिएका छन् । आज उनले प्रवक्ता शाहीलाई उक्त जिम्मेवारी दिने निर्णय गरेका हुन् ।

यसैगरी, प्रवक्ता मोहन श्रेष्ठ प्रचार विभाग प्रमुखमा मनोनयन गरिएका छन् । महामन्त्री राजेन्द्र गुरुङले संयोजित संगठन समन्वय विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । केन्द्रीय सदस्य आनन्द अधिकारी प्रवास विभाग प्रमुख बनाइएका छन् ।

राप्रपामा जिम्मेवार पाएकाहरु

१. महामन्त्री राजेन्द्र गुरुङ- संयोजित संगठन समन्वय विभाग प्रमुख

२. प्रवक्ता मोहन श्रेष्ठ – प्रचार विभाग प्रमुख

३. प्रवक्ता गोपाल दाहाल- सम्पर्क समाज समन्वय विभाग प्रमुख

४. प्रवक्ता ज्ञानेन्द्र शाही – सुशासन विभाग प्रमुख

५. केन्द्रीय सदस्य आनन्द अधिकारी- प्रवास विभाग प्रमुख

६. लक्ष्मी संग्रौला- वाणिज्य क्षेत्र समन्वय विभाग प्रमुख

७. दमन बस्नेत – खेलकुद विभाग प्रमुख



प्रतिक्रिया दिनुहोस्