Logo

देउवा-ओली भेटवार्तामा के के भयो ?



काठमाडौं, १२ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सकिएको छ । दुई नेताबीच एमसीसी पारित गर्नेबारे सहमतिबारे कुराकानी केन्द्रित भएको बुझिएको छ ।

देउवाले भेटमा ओलीलाई सहमतिका लागि सत्ता साझेदारीको प्रस्ताव पनि राखेको बुझिएको छ । उनले सरकार आफ्ना लागि ठूलो कुरा नभएको भन्दै ओलीसँग प्रधानमन्त्री आलोपालो सम्मको प्रस्ताव गरेको विश्वस्त स्रोतले बताएको छ ।

दुई नेताबीच २ घन्टाको कुराकानीले कुनै निष्कर्ष निस्किएन । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले ठोस सहमति नभएको र छलफल जारी रहने बताए । ओलीको प्रस्तावमा देउवा पूर्ण सहमत नभएको बुझिएको छ ।

देउवा र ओलीबीच साँझ ७ बजे देखि ८ बजेर ५५ मिनेटसम्म कुराकानी भएको थियो भेटमा काँग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापाका अलावा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ पनि सहभागी थिए ।

ओलीसँग भेटपछि काँग्रेस नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । उनीहरुले ओलीको प्रस्तावबारे छलफल गरेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्