Logo

युक्रेनमाथि एकैपटक जल, स्थल र हवाई आक्रमण



काठमाडौं, फागुन १३ । रुसले युक्रेनमाथि उत्तर, पूर्व र दक्षिण तीनै दिशाबाट पूर्ण क्षमताको सैन्य कारवाही गरेको छ । रुसले गरेको आक्रमणमा परी हालसम्म १ सय ३७ जना सर्वसाधारण तथा सैनिक जवानको मृत्यु भएको युक्रेनी राष्ट्रपति भोलोदिमेर जेलेन्स्कीले बताएका छन् ।

रुसले जल, स्थल र हवाई आक्रमण एकैपटक गरेकाले हताहत हुनेको संख्या बढ्दो छ । आक्रमणको निशानामा युक्रेनको राजधानी किभ समेत परेकाले राजधानी छोड्न चाहनेको संख्या पछिल्लो समय बढ्दो छ ।

आक्रमण शुरु भएकै दिन हिजो एकै दिनमा एक लाखभन्दा बढी नागरिकले राजधानी किभ छोडेको संयुक्त राष्ट्र संघले जनाएको छ । झण्डै ५ लाख मानिस बसोबास गर्ने बन्दरगाह शहर मुरिपोलमा पनि विष्फोट भएको खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot