Logo

माओवादी केन्द्र आन्तरिक छलफलमा जुट्दै



काठमाडौं, १३ फागुन । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) आन्तरिक छलफलमा जुटेको छ । सत्ताबाट बाहिरिने तयारीमा रहेको माओवादीको छलफल अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा चलिरहेको छ ।

आजको छलफलमा गठबन्धनको पछिल्लो परिस्थिति, एमसीसी र सरकारबाट बाहिरिने विषयहरुमा केन्द्रीत भइरहेको स्रोतले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रचण्डको भेटको बारेमा छलफल हुने भएको छ ।

बिहीबार प्रचण्डले बालुवाटार पुगेर प्रधानमन्त्रीलाई एमसीसीको विषयमा सहयोग गर्न नसक्ने बताएका थिए । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot